Prakash Adhikari February 25, 2021

काठमाडौं, १३ फागुन। नवलपरासीमा अवस्थित सर्वोत्तम सिमेण्ट उद्योगको उत्पादन क्षमता अभिवृद्धि भएको छ ।

दैनिक उत्पादन क्षमता ४० हजार बोरा रहेको सिमेण्ट उद्योगले क्षमता बढाएर प्रतिदिन ६० हजार बोरा उत्पादन गर्नसक्ने बनाएको छ ।

देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दैआएको सिमेण्ट उद्योगले गुणस्तरप्रति सदैव ख्याल राख्दै आएको जनाएको छ ।

कम्पनीले क्षमता अभिबृद्धिले गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच उपभोक्ताहरुमाझ सरल तथा सुलभ बन्ने विश्वास लिएको छ ।

स्थापनाको छोटो अवधिमा नै उत्कृष्ट र गुणस्तरीय उत्पादनका माध्यमले निर्माण व्यवसायी र सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।

सर्वोत्तम सिमेन्ट देशका महत्वपूर्ण आधार स्तम्भहरु, ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम। प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।आइएसओ। ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको बताउनुभएको छ ।

यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० सेमि स्क्वायरसम्म रहेको छ ।

 

Share Now

Leave a comment.