Prakash Adhikari February 25, 2021

काठमाडौं,१३ फागुन । प्रधानमन्त्री के.पी.शर्मा ओलीले र राष्ट्रपति विद्यादेवीसंग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बिहिबार साँझ राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि शीतल निवास आउनुभएको राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले बताउनुभएको छ । उहाँका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

भेटवार्तामा सर्वोच्च अदालतको फैसला, अनुसार प्रतिनिधिसभाको बैठक बोलाउने विषय, सरकारका काम कारबाही र नेकपाको विवादलगायतका विषयमा छलफल भएको थियो।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ।

संविधान अनुसार एक अधिवेशनको अन्त्य र अर्कोको सुरुको अवधि ६ महिनाभन्दा बढी राख्न नहुने भएकोले सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बस्ने गरी संसदको अधिवेशन आह्वान गर्न प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई निर्देशन दिएको थियो । नेकपाभित्रको विवादकाबीच २०७७ आषाढ १८ गते प्रधानमन्त्री ओलीले अप्रत्यासित रुपमा संसदको बजेट अधिवेशन अन्त्य गरिदिनुभएको थियो । त्यसको छ महिना पुस १८ गते पुग्दै थियो ।

प्रतिनिधिसभा विघटन भएको पौष ५ गतेबाट हिउँदे अधिवेशन बोलाउन १३ दिन बाँकी रहेको गणना गरेर सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बस्नेगरी संसद अधिवेशन आह्वान गर्न निर्देशनात्मक आदेश पनि प्रतिनिधिसभा पुनःस्थापनाको बैठकमा दिएको छ ।

सरकारले सर्वोच्चको फैसलाअनुसार नै संसद बैठक बोलाउने प्रतिबद्धता पनि जनाइसकेको छ।

Share Now

Leave a comment.