काठमाडौं, १९ फागुन । प्रतिनिधिसभाको असंवैधानिक विघटन गरेर निर्वाचन गराउन असफल प्रयास गरेको प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार र यो संविधान तथा राजनीतिक व्यवस्थालाई सशस्त्र बिद्रोहबाट पल्टाएर अर्काे जनवादी राज्यसत्ता कायम गर्न विद्रोहमा होमिएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बीचमा बुधबार राजधानीमा औपचारिक वार्ता सम्पन्न भएको छ ।
बुधबार विहान सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ, र निकट भविष्यमा नै पुन अर्को चरणको वार्ता गर्ने सहमती भएको बार्ताकारहरुले बताएका छन् ।
वार्तापछि प्रधानमन्त्री ओलीका सल्लाहकार डा. राजन भट्टराईले ट्विटरमा वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताउनुभएको छ ।
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । pic.twitter.com/eW8jmNN4kG
— Rajan Bhattarai (@rajancbhl) March 3, 2021
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो ।
त्यसको केही समयपश्चात् विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।
वार्ताको सफलताका लागि हार्दिक शुभकामना !
( फोटो सौजन्य- नेपाल प्रेस) pic.twitter.com/qfTXMZDx2N— Pradeep Gyawali (@PradeepgyawaliK) March 3, 2021


















