काठमाडौं, २० फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
आज बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो।
उक्त सहमतिमा विप्लव समूहले हतियार त्याग गरी शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने कुरा उल्लेख छ भने सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरी नेता तथा कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने र पक्राउ परेकालाई छोड्ने कुरा उल्लेख छ ।
सरकारले सो प्रतिबन्ध फुकुवाको कार्यान्वयन सहमतिपत्रको अन्तिम मस्यौदामा हस्ताक्षर भएपछि लागू हुने बताएको छ ।
शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।
मन्त्रिपरिषद बैठक-
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएकाे सहमति सार्वजनिक भएपछि लागू हुनेगरी अनुमाेदन । pic.twitter.com/i28TTuyPza— Surya Thapa (@ThapajiSurya) March 4, 2021


















