Prakash Adhikari March 5, 2021

 

काठमाडौ, २१ फागुन । शुक्रबार नवलपरासीमा बिहान झुल्केर निजी सवारी साधनमा काठमाडौं आइपुग्नुभएका विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो वार्ता टोलीका सदस्यसँग भेट नुभएको छ ।

शीर्ष नेता विप्लव र वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसंग उहाँले काठमाडौंको सामाखुसीमा भेट गर्नुभएको हो । भेटमा शुक्रबार नै काभ्रेको हिरासतबाट रिहा हुनभएका केन्द्रीय सदस्य नेता धर्मेन्द्र वास्तोला पनि सहभागी हुनुहुन्थ्यो ।नेकपा महासचिव नेत्रविक्रम चन्द नवलपरासीबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार आउने भएका छन् ।

अब बालुवाटार अनि सभागृह

सशस्त्र आन्दोलनमा होमिुनुभएका चन्द सामाखुशीको भेटघाट सकेर बालुवाटार जानुहुने कार्यक्रम रहेको छ ।त्यसपछि उहाँ राष्ट्रिय सभा गृहमा आयोजना हुने शान्ति संझौताको हस्ताक्षर र संबोधन कार्यक्रममा सरिह हुन जानुहुने छ ।

शुक्रबार दिउँसो २ बजेपछि राष्ट्रिय सभा गृहमा चन्द नेतृत्वको नेकपा र सरकारबीच बिहीबार भएको सहमतिको विस्तृत संझौतामा हस्तक्षर गरी विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली र चन्दले एउटै मञ्चबाट सम्बोधन गर्ने समझदारी भएको छ ।

करिब २ वर्षदेखि भूमिगत रहनुभएका चन्द बुधबार सरकार र आफ्ना प्रतिनिधिबीच वार्ता सफल भएर शुक्रबार दुवैतर्फका शीर्ष नेताहरुले शुक्रबार राष्ट्रिय सभागृहमा संझौताको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रममा सहभागिता जनाउने र संबोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि सो कार्यक्रममा सहभागी बन्न उहाँ पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बस्नुभएको थियो ।

नवलपरासीको देवचुली नगरपालिकाको अमरापुरीमा सार्वजनिक हुनुभएका चन्द शुक्रबार स्थानीय सहिद परिवारलाई भेटेर काठमाडौं प्रस्थान गर्नुभएको हो ।

उहाँ अमरापुरीबाट काठमाडौं आउने तयारीमा भएको थाहा पाएपछि प्रहरीले नारायणगढबाट स्कर्टिङ गरेर काठमाडौं ल्याएको थियो ।

विप्लब समूहसंग भएको सहमतिलाई बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ भने सो सहमति अनुरुप हिराशतमा रहेका नेताहरुलाई छोड्न र मुद्दाहरु फिर्तालिने प्रकृया मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

बिहिबार भएको सहमति शुक्रबार हस्ताक्षर भएपछि कार्यान्वयनमा आउने जनाइएको छ । सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ । विप्लवका तर्फबाट हतियार त्याग गरेको घोषणामा हस्ताक्षर हुनाको साथै आफ्नो समूहसंग भएका हतियार र हतियार चलाउने शसस्त्र कार्यकताको व्यवस्थापन विस्तृत विवरण सभागृहबाट सार्वजनिक हुने अनुमान गरिएको छ ।

 

Share Now

Leave a comment.