काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड(नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक सिंहदरबारका सुरु भएको छ।
नेपाली कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूहको संसदीय दलको बैठक आज दिउँसो १ बजे अलग अलग स्थानमा सुरु भएको छ।
२३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दुवै थरीको बैठक केन्द्रित रहने भएको छ ।
प्रतिनिधिसभाको हत्या गर्नुुभएका प्रधानमन्त्री के.पी. ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पहिले दर्ता भएको अविश्वासको प्रस्तावलाई नै निरन्तरता दिने कि परिर्वर्तित सन्दर्भमा सबै राजनीतिक दलहरुको सहमतिमा अर्को प्रस्ताव पेश गर्ने भन्ने विषयमा प्रचण्ड नेपाल पक्षीय संसदीय दलको बैठक केन्द्रित रहने छ ।
एकीकृत नेकपाका संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी ओलीले एकीकृत संसदीय दलको प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाउनुभएको छ।
प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई नै पार्टीको स्थायी समिति र केन्द्रीय समितिको बैठकले साधारणसदस्यताबाट समेत बर्खास्त गरेर सोको जानकारी संसद सचिवालय र सभामुख अग्निप्रसाद सापकोटालाई दिइसकेको छ । यस्तै केन्द्रीय समिति, स्थायी समिति र संसदीय दलमा पनि बहुमतमा रहेको दावी गर्दै आएको यो समूहले प्रधानमन्त्री ओलीले प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीलार्इ ६ महिनाको लगि पार्टीबाट निलम्बन गरेर सोको जानकारी संसद सचिवालयमा दिएको छ।
त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वालाई समेत स्थायी कमिटीबाट छ महिनाको लागि निलम्बन गरेको छ।
नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटाको दलीय हैसियत रहँदैन। नेकपामा कायम रहेका प्रतिनिधि सभाका १ सय ७२ सांसदमध्ये प्रचण्ड(नेपाल समूहमा ८७ जना सांसद छन भनेकओली समुहमा ८३ जना रहेका छन्। दुई जना सांसद कतै खुलेका छैनन्।
त्यस्तै राष्ट्रिय सभाका नेकपाका ५० सांसद मध्ये अध्यक्ष गणेश तिमिल्सिना बाहेक ४९ जना नेकपा सांसद संसदीय दलको मतदान वा विभाजनामा सरिक हुन पाउछन् । जसमध्ये २४ जना प्रचण्ड(नेपाल समुहमा छन् भने २४ जना ओली समुहमा छन्।वामदेब गौतम भने कतै खुलेर लाग्नुभएको छैन।
यस्तै कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। आजको बैठकमा आगामी रणनीतिबारे छलफल हुने कांग्रेसले जनाएको छ। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्।
नेपाली कांग्रेसको हिजो बसेको पदाधिकारीहरुको बैठकले परिस्थिति परिपक्व नभईकन राजनीतिको भावि गन्तव्यबारे टिप्पणी गर्न हतार गर्र्न नहुने भन्दै परि आएमा सरकारको नेतृत्व गरेर मुलुकलाई सक्षम सरकार दिन आफ्नो दल सक्षम रहेको बताएको छ ।


















