Prakash Adhikari March 5, 2021

काठमाडौं, २१ फागुन । ्र प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच बालुवाटारमा भेटवार्ता सम्पन्न भएको छ ।

आफूले खटाएका बार्ताकारको साथ शसस्त्र विद्रोही नेता विप्लव प्रधानमन्त्री भेटन बालुवाटार जानुभएको थियो ।

भेटवार्तामा चन्द समूहका तर्फबाट विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने  रहनुभएको थियो भने प्रधानमन्त्रीको साथ उपप्रधानमन्त्री ईश्वर पोखरेल, सरकारी वार्ताकार गृहमन्त्री रामबहादुर थापा र डा.राजन भट्टराई,प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा लगायत हुनुहुन्थ्यो ।

बालुवाटारको भेटपछि आजै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री र विप्लवको उपस्थितिमा सरकार र चन्द समूहले विस्तृत शान्ति संझौतामा हस्ताक्षर गर्ने सो समारोहलाई प्रधानमन्त्री र विद्रोही नेता विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वर्तमान राज्यसत्ता पल्टाएर जनवादी शासन सत्ता कायम गर्ने नाममा सशस्त्र आन्दोलनमा होमिएको विप्लव समूहसंग सरकार सशस्त्रमा विशेष भेटवार्ता ।

Share Now

Leave a comment.