Prakash Adhikari March 6, 2021

काठमाडौं, २२ फागुन । पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाइने स्वास्थ्य अधिकारीले जनाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताएको सरकारी समाचार संस्था राससले जनाएको छ।

पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारी गरी करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशील्ड’ खोप लगाइएको थियो।

Share Now

Leave a comment.