Prakash Adhikari March 6, 2021

हंगकंग(चीन), २२ फागुन । चीनले आफ्नो सबैभन्दा ठूलो राजनीतिक बैठकमा ुदेशभक्तुहरू लागि शक्तिमा ल्याउन हङ्कङको निर्वाचन प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ।

यो घोषणा हङ्कङमा चिनियाँ नियन्त्रण कसिलो बन्दै गइरहेको समयमा गरिएको छ।

एक साता लामो न्याश्नल पिपल्स कंग्रेसमा यससम्बन्धी एउटा मस्यौदा निर्णयमा छलफल हुनेछ।

सो बैठकमा हजारौँ नीति निर्माता सांसदहरू सहभागी छन्।

केन्द्र सरकारका नीतिहरूलाई पारित गर्ने सो बैठकले हङ्कङ विषयको निर्णय लगायत अन्य आर्थिक र वातावरणीय नीतिहरू पारित गर्ने अपेक्षा गरिएको छ।

 

Share Now

Leave a comment.