Prakash Adhikari February 7, 2018

काठमाडौं,२४ माघ । प्देश प्रमुखले चोहमा देशका तीनवटा प्रदेशले मुख्यमन्त्री पाउने अवस्था सिर्जना भएको छ ।

मुख्यमन्त्रीका लागि बहुमतप्राप्त दलले संसदीय दलको नेता चयन गर्नुपर्दछ । नभए दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत भएको सहित प्रदेश प्रमुखमा पेश गर्नुपर्दछ । प्रदेश नं ५ मा बहुमत पाएको नेकपा एमालेले पहिल्यै संसदीय दलको नेतामा शंकर पोखरेललाई चयन गरेर मुख्य मन्त्री बन्ने मार्ग प्रशस्त गरिदिएको छ भने बामगठबन्धनमा सामेल माओवादी केन्द्रले आफ्नो भागमा पाएका प्रदेश ६ र
७ को संसदीय दलको नेता चयन गरिसकेको छ ।

नेकपा माओवादीले प्रदेश नं ६ मुख्यमन्त्रीमा पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई सारेको छ ।

शाही कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् ।

प्रदेश ७ मा यस अघि नै डोटीका त्रिलोचन भट्टलार्इ सर्बसम्मत चयन गरिसकेको छ ।

नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले प्रदेश ६ को मुख्यमन्त्रीको टुंगो लगाएका हुन् । तर, औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने जनाइएको छ ।

यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएकोले मुख्यमन्त्रीको टुंगो लाग्न सकेको थिएन ।

चारवटा प्रदेशमा कुरा मिल्न बाँकी

बामगठबन्धनको बहुमत रहेको तथा एमाले र माओवादी केन्द्रको भागवण्डामा एमालेको भागमा परेको प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई, भीम आचार्य र सांसद जीवन घिमिरे आकांक्षीका रुपमा देखिएका छन् । उनीहरुबीच संसदीय दलको नेतामा निर्वाचन नै हुने संभावना छ ।

मधेशवादी दलहरुको बहुमत रहेको प्रदेश नं २ मा संघीय समाजवादी फोरम र राष्टिय जनता पार्टीबीच सरकार र प्रदेशका सभामुख तथा उपसभामुखमा भागवण्डा मिलिसकेको छैन । यद्यपि यस प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियत देखाएको संघीय समाजवादी फोरमले वीरगञ्जका लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेपछि उनी प्रदेश २ को मुख्यमन्त्री हुने मार्ग लगभग कोरिएको अवस्था छ ।

बामपन्थी गठबन्धनकै बहुमत रहेको र गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश नं ३ पनि एमालेभित्र सर्वसम्मत निर्णय हुन सकेको छैन। एमालेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र डोरमणि न्यौपाने दावेदार देखिएका छन् । निर्वाचनबाटै संसदीय दलको नेता चुनेर यसको टुंगो लगाउनुपर्ने अवस्था छ ।

यस्तै बामगठबन्धनकै बर्चश्व रहेको र गठबन्धनमा एमालेका भाग मुख्यमन्त्री लिने सहमति बनेको प्रदेश नं ४ मा पनि एमालेभित्र सहमति कायम हुन सकेको छैन । प्रदेश ४ को मुख्यमन्त्री बनाउनका लागि एमाले प्रदेश ४ को संसदीय दलको नेतामा तनहुँका किरण गुरुड. र लमजुडंका पृथ्वी सूब्बा गुरुड.बीचमा चुनावै गर्नुपर्ने अवस्था छ ।

Share Now

Leave a comment.