काठमाडौं, २४ माघ । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको मतदान प्रदेश नं ६ र ७ मा पनि सम्पन्न भएको छ ।
प्रदेश नं ६ को अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा भएको मतदानमा यस क्षेत्रका सबै मत खसेका छन् ।
प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १ सय ९८ जना मतदाताले नै मतदान गरेका छन् । प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुखरउपप्रमुख गरी १ सय ५८ जना मतदाताले मतदान गरेका हुन् ।
खुला र महिला ३र३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एकरएक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार रहेका छन् ।
जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।
प्रदेश ७ मा राजपाका प्रतिनिधि अनुपस्थित
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् ।
२ सय २९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसदले मतदान गरेनन् ।
दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २ सय २७ जना मतदाताले दिउँसो १ बजेसम्म नै मतदान गरिसकेका थिए । राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा नआएका हुन् ।
प्रदेश ७ मा राष्ट्रियसभा सदस्यमा ६ जना निर्विरोध निर्वाचित भइसकेका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक गरी दुई सदस्यका लागि वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन् ।