Prakash Adhikari March 9, 2021

 

काठमाडौं, २५ फागुन। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त हुनुभएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैंठकले राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय डा. तिम्सिना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको यहि फागुन १८ गते ५ बर्षे कार्यकाल सकिएपछि दुवै डेपुटी गभर्नरको पद खाली रहेको रहेको थियो ।

राष्ट्र बैंकमा सहायक निर्देशक पदबाट २०५४ साल मंसिर २२ गते प्रवेश गर्नुभएकी डा. तिम्सिना सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशकका रुपमा कार्यरत रहनुभएको थियो भने मिश्र विदेशी विनियम व्यवस्थापन विभागको कार्यकारी निर्देशकमा ।

 

Share Now

Leave a comment.