Prakash Adhikari March 9, 2021

 

कीर्तिपुर(काठमाडौं), २५ फागुन । काठमाडौं मेयर्स कप अन्तर्गत मंगलबार सम्पन्न चौथौं दिनको खेलमा बागमती प्रदेशले सशस्त्र प्रहरी बलको विभागीय टोलीलाई २७ रनले पराजित गरेको छ ।

यसअघि बागमती खेलमा काठमाडौँ मेयर्स(११ र दोस्रो खेलमा नेपाल पुलिस क्लबसंग पराजित भएको थियो। भने सुरुका दुवै खेलमा विजयी बनेको सशस्त्रको टिमले प्रतियोगितामा पहिलो पटक पराजित भएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा २ सय ३४ रनको लक्ष्य लिएको सशस्त्र प्रहरीको टिमले ४४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ६ रन मात्र बनायो।

ओपनर ब्याट्सम्यान आसिफ शेखले आक्रामक अर्धशतक बनाएता पनि वाग्मतीका बलर सोनु देवकोटाले उत्कृष्ट बलिंग प्रदर्शन गर्दै टिमलाई जित दिलाएका थिए।

एपीएफको ब्याटिंगमा आशिफ शेखले सर्वाधिक ५०, शंकर रानाले २९, अमर सिंह राउटेलाले २७ तथा सन्दीप जोराले २५ रन बनाए।

बागमतीको बलिंगमा सोनु देवकोटाले १० ओभरमा ४१ रन खर्चेर सर्वाधिक ६ विकेट लिए। यस्तै रामनरेश गिरि र आरियो पौडेलले समान २ विकेट हात पारे।

यसअघि खेलमा टस जितेर ब्याटिंगको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो।

बागमतीको ब्याटिंगमा नन्दन यादवले सर्वाधिक अविजित ६० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए। खेलमा आदिल खानले ३४, इशान पाण्डेले ३१ तथा पारस खड्काले २९ रन बनाए।

बागमतीलाई रोक्न एपीएफको बलिंगमा किशोर महतो र अमर सिंह रौटेलाले समान २ विकेट लिए। अविनाश बोहरा र बसन्त रेग्मीले समान १ विकेट लिए ।

Share Now

Leave a comment.