Prakash Adhikari March 18, 2021

काठमाडौँ, ५ चैत । पहिलो चरणमा कोभिड खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि ११ गतेसम्म दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय समाचार समितिका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका मानिसका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने निर्णय गरेको हो।

पहिलो चरणमा ४,२९,००० जनाले कोरोनाभाइरसविरुद्ध खोप लगाएका थिए।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमलाई उद्धृत गर्दै राससले दोस्रो चरणमा गत फागुन २३ गतेदेखि यही चैत ३गतेसम्म खोपको पहिलो मात्रा लिएका व्यक्तिका लागि दोस्रो मात्रा लगाउने सूचनापछि प्रकाशन गरिने जनाएको छ।

दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप दिइएको थियो।

मन्त्रालयले दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई कोभिड खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना प्रकाशित गरिने जनाएको छ।

Share Now

Leave a comment.