Prakash Adhikari March 18, 2021

काठमाडौं, ५ चैत्र । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब ४३ अंक बढेर बन्द भएको छ।

आज नेप्से अघिल्लो दिनको तुलनमा १ दशमलव ७६५८ प्रतिशतल बढेको थियो । बिहिबार कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको यो बुधबारको तुलनामा १ अर्बभन्दा बढी हो। विगत केही दिनदेखि लगातार घट्दै आएको बजारमा आएको यो रौनकले लगानीकर्ताहरुमा केही आशा पलाएको छ ।

यस दिन बजारमा २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार कित्ता सेयरको खरिदबिक्री भएको छ।

बिहीबार नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक बढेर ४४४.१५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ।

बिहिबार चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।

बिहीबार ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मार्दि, चन्द्रागिरी हिल्स र नेपाल बङ्गलादेश बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबारमा आएका जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एकको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटनको परिसूचक सर्वाधिक ४.१ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.०६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ। नबिल बैंकसँग मर्जरको हल्लाले यस बैंकको शेयर कारोबार बढेको हो। सो बैंकको यस दिन ७६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

 

Share Now

Leave a comment.