Prakash Adhikari March 21, 2021

 

काठमाडौं,८ चैत्र(बीबीसी) । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘सङ्घीय गणतन्त्र सिद्ध्याउने पात्रको रूपमा विदेशी सहितको धारले प्रधानमन्त्री केपी शर्मा ओली रोजेको’ आरोप लगाउनुभएको छ ।

पार्टी कार्यालयमा आयोजित ‘अन्तर्राष्ट्रिय जातियभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहँले त्यस्तो आरोप लगाउनुभएको हो।

प्रचण्डका भनाइमा सङ्घीय ‘लोकतान्त्रिक गणतन्त्र उल्टाउन, संविधान च्यात्न र समावेशी समानुपातिक मान्यतालाई निस्तेज पार्न देशभित्रका हिजोका गणतन्त्र विरोधी र संविधान स्वीकार गर्न नसकेका विदेशी प्रतिक्रियावादीहरू मिलेर एउटा धार’ बनेको छ।

उहाँले संविधान स्वीकार गर्न नसकेका विदेशी प्रतिक्रियावादीबारे खुलाउनुभएन।

‘विदेशी सामु सजिलै लम्पसार
भारतले नेपालको संविधान जारी हुँदा नोटमा लिएको भन्दै त्यसमा संशोधनको अपेक्षा गरेको आशय व्यक्त गरेको थियो।

प्रचण्डले भन्नुभयो, ‘ती सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्।’

त्यो धारले संविधान सिद्ध्याउन सक्ने, गणतन्त्र सिद्ध्याउन सक्ने र विदेशीको अगाडि सजिलै राम्रै लम्पसार पनि पर्न सक्ने पात्र रोजेको उहाँको भनाइ छ।

प्रचण्डले भन्नभयो,’२०-२५ वर्षदेखि विदेशीले हुर्काएको, पालितपोषित को हो भनेर हेर्दै जाँदा सबैले केपी (ओली) नै देखियो भनेका छन्। उनीहरूले सङ्घीय गणतन्त्रलाई नाश गर्न सक्ने पात्रको रूपमा केपीजीलाई साथ लिएका छन्, कति दिन लिन्छन् थाहा छैन, अहिले लिएकै छन्।’

अर्को धारको नेता आफू
हिजो माओवादी विद्रोह गरेकाहरू अर्को धारको प्रतिनिधि भएको प्रचण्डको भनाइ छ।

उहाँका भनाइमा त्यो धारले सबैको हक अधिकारको निम्ति लडेको थियो।

प्रचण्डले विगतमा ‘संविधान नबनाऊभन्दा पनि जसरी पनि बनाइन्छ भनेर आफूहरूले अड्डी कसेको’ बताउनुभयो।

उहाँले भन्नुभयो, ‘चुनाव नगर न भन्दा पनि नमान्ने, जसरी पनि चुनाव गराउँछु भनेर अड्डी कस्ने, ती भनेका माओवादी र त्यसको नेता प्रचण्ड। अर्को धारण यतापट्टि भयो।’

प्रचण्डले आफ्नो नेतृत्वको धारलाई साथ दिन सबैलाई आग्रह पनि गरेका छन्।

प्रचण्डको आफ्नो अनुभव ?

प्रधानमन्त्रीका एक जना सल्लाहकारले ुप्रचण्ड अहिले रिसाएको बिरालोले खामो चिथोर्ने जस्तो गरिरहेकोु टिप्पणी गनुभएको छ।

प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डमाथि ‘अराजनीतिक, दुष्टतापूर्ण, गलत र तथ्यहीन कुरा गर्ने’ गरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, ‘विदेशीको काखमा, विदेशीको पोल्टामा कसरी लुटुपुटु गर्न जाने भन्ने त उहाँ १० वर्षमध्ये साढे नौ वर्ष कहाँ बस्नु भयो भन्ने खोजे पुगिहाल्छ।’

माओवादी सशस्त्र विद्रोहको १० वर्षको अवधितर्फ उहाँको सङ्केत थियो। त्यसको अधिकांश समय प्रचण्ड भारतमा बसेको शान्ति प्रक्रियापछि माओवादी नेताहरूले नै स्वीकार गर्नुभएको थियो।

थापा भन्नुहुन्छ, ‘त्यसैले अनुभवी मान्छे हो प्रचण्ड, आफ्नो अनुभवको स्मृतिका आधारमा बोल्नु भएको हो।’

 

Share Now

Leave a comment.