लण्डन(संयुक्त अधिराज्य), ११ चैत्र(बीबीसी) । उचित कारणबिना विदेश भ्रमणमा जाने इङ्ग्ल्यान्डका बासिन्दालाई ५ हजार पाउन्ड जरिवाना हुने नयाँ कोरोनाभाइरस कानुन आगामी सातादेखि लागु हुँदैछ।
त्यहाँको संसद्ले बिहीवार मतदान गर्न लागेको विधेयकमा उपयुक्त कारण नभई विदेश भ्रमण गर्ने नागरिकलाई जरिवाना गर्ने प्रावधान छ।
सोमवारसम्म लागु हुने नियममा पनि विदेश भ्रमण वर्जित थियो।
अब यूकेबाट प्रस्थान गर्नमा लागु प्रतिबन्धले विशिष्ट कानुनको रूप लिने भएको छ।
अहिलेको प्रावधान अनुसार बिदा मनाउन विदेश जानमा लागु प्रतिबन्ध कम्तीमा मे १७ सम्म लागु हुनेछ।
तर हाल युरोप र अन्यत्र बढिरहेको सङ्क्रमणका कारण यो पछि धकेलिने सम्भावना छ।


















