Prakash Adhikari March 24, 2021

 

नेपालगञ्ज(बाँके), ११ चैत्र । बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ।

बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी निकुञ्जको टाइगर होल्डीङ सेन्टरमा राखिएको थियो।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जङ्गलभित्र नजान स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले मङ्गलवार बिहान छ बजे बाघ भागेको जानकारी आएको बताउनुभयो।

उहँले बाघलाई राखिएको खैरीस्थित टाइगर होल्डीङ सेन्टरको अनुगमन गर्न जाँदा दुई वटा फलामको डन्डी भाँचेर भागेको पाइएको बताउनुभयो।

Share Now

Leave a comment.