काठमाडौं, १३ चैत्र । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ ।
यसले बैंकका ग्राहकलाई अनलाइनमार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने सजिलो बनाउने छ । नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो ।
अनलाइनमार्फत् सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअपलगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिनेछ । तर यो सेवा भारत बाहेकका देशमा लागू हुनेछ ।
यो सेवा लिन चाहने बैंकका ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरे पुग्छ । कार्डमार्फत् कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिने बैकले जनाएको छ ।
सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने लक्ष्य लिएको ग्लोबल आइएमई बैंकले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको सेवा पुर्याएको छ । हाल बैंकले २ सय ७० शाखा, २ सय ४२ एटीएम बुथ, २ सय ५६ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रमार्फत २२ लाख भन्दाबढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।


















