Prakash Adhikari March 26, 2021

काठमाडौं, १३ चैत्र। नेपालको वाणिज्य बैंकमा उत्कृष्ट मानिएको नबिल बैंकले बीबीसीको मास्टर शेफ प्रतियोगितामा पुगेर नेपाली खानालाई विश्वभर चिनाउने शेफ सन्तोष हिरोज अफ नेपालको सम्मान प्रदान गरेको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उहाँलाई यो सम्मान प्रदान गर्नुभएको थियो ।

नबिल बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।

बिहिबार राजधानीमा भएका कार्यक्रममा शेफ सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले प्रेरणादायक उपलब्धिहरू र जीवनका यात्राका चुनौतीहरूका बारेमा पनि बोल्नुभएको थियो ।

कार्यक्रममा नबिलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अरुले नसोचेको र नहिडेको फरक बाटो र माध्यमबाट नेपाललाई विश्वभर चिनाउने काम गरेकोमा शेफ सन्तोष साहको प्रशंसा गर्नुभएको थियो ।

 

 

Share Now

Leave a comment.