धरान(सुनसरी), २५ माघ । २० औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको बिहिबार सम्पन्न रुस्लान थ्री स्टार क्लबले दुर्गापुरलाई पराजित गरेको छ ।
धरान रङशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा दुर्गापुर, कोलकातालाई १(०ले हराउँदै थ्री स्टार क्लबले फाइनलको यात्रा तय गरेको हो ।
खेलको ७३औ मिनेटमा अनन्त तामङको स्थानमा मैदान प्रवेश गरेका बिष्णु गुरुङले ९०ं४ मिनेटमा थ्री स्टारकालागि निर्णायक गोल गरे ।
थ्री स्टारका गोल रक्षक एलान न्यौपाने म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार रुपैया प्राप्त गरे ।
फाइनल खेल माघ २७ गते हुनेछ ।
धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ ।



















