सिमरा(बारा) २५ माघ । रुस्लान नवौं सिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लब सेतोले बिजय युथ क्लब, हेटौडालाई ४(१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आयोजककालागि भिषण गुरुङले ४०औ मिनेटमा अग्रता प्रदान गरे। चार मिनेटपछि बिजय युथका आमिर श्रेष्ठले गोल गर्दै खेललाई १(१को बराबरीमा पुर्याए ।
धिरज श्रेष्ठले ५१औ मिनेटमा, भिक्टरले ७९औ मिनेटमा र त्रिदेव गुरुङले ८०ं मिनेटमा बिजयी टोलिकालागि गोल गरे ।
८० औ मिनेटको खेल खेलाइएको थियो ।
जनजागृतिका त्रिदेव गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार रुपैया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलिको प्री(क्वाटरफाइनल खेल मोरङ एफसि, बिराटनगर र एपिएफबीच हुनेछ ।
प्रतियोगिताको बिजेताले उपाधिसहित ५ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ ।
फागुन ५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकको सेतो र निलो टोली, बिजय युथ क्लब, रुस्लान थ्रीस्टार, सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, बीरगञ्ज युनाइटेड क्लब र सिएमजी संकटा क्लब गरी कुल १० टोलीहरुको सहभागिता रहेको छ ।


















