Prakash Adhikari March 28, 2021

 

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलाप र सद्भावको प्रतीक मानिएको फागु(होली)पर्व भौतिक दूरी कायम गरेर सावधानीपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिंदै उहाँले सो कुरा बताउनुभएको हो ।

फागु (होली) पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताउदै उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । मुलुकमा फेरि पनि कोभिड—१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दुरी राख्दै सुरक्षित रुपमा यो पर्व मनाउन म सबैलाई आग्रह गर्दछु ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांगे्रसका सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।

 

Share Now

Leave a comment.