x
काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रंगहरूको पर्वका रूपमा मनाईने फागु पुर्णिमा अर्थात होली हर्षोल्लासपूर्वक तर सावधानी अपनाएर मनाउन आग्रह गर्नुभएको छ ।
फागु पूर्णिमा(होली)का अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
आइतबार आफ्नो फेसबुकमार्फत दिनुभएको शुभकामना सन्देशमा असत्यमाथि सत्यको जीत भएको पर्वका रूपमा मनाईने यो पर्वले शान्ति भातृत्वको भावना विकसित गर्छ भन्ने विश्वास लिएको बताउदै उहाँले भन्नुभएको छ, “यो पर्वले सत्यका पक्षमा नागरिकलाई जागरुक बनाउन सहयोग पुग्नेछ । रंगहरूको पर्वलाई उत्साहका साथ कोरोना महामारीका संकटलाई ध्यानमा राखि भौतिक दुरी कायम गरि भिडभाडबाट टाढा रहेर मनाउन आग्रह गर्दछु ।”


















