Prakash Adhikari February 9, 2018

 

टोकियो(जापान), २६ माघ ।  दक्षिण कोरियामा आयोजना हुने शीतकालिन ओलम्पिकमा सहभागीताका लागि एशिया भ्रमणको क्रममा अमेरिकी उप राष्ट्रपति माइक पेन्स मंगलबार जापान पुगेका छन्  ।

उनले उत्तर कोरियाली अधिकारीहरुसंग वार्ताको कुनै योजना नरहेको तर वार्ताको बाटो खुल्ला रहेको बताएका छन् ।

यसै साता पेन्स दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ भने १९५० – ५३ को कोरियाली युद्ध शान्ति सन्धि विना स्थगन भएपछि उत्तर कोरियाबाट दक्षिणको भ्रमण गर्ने उच्च उत्तर कोरियाली अधिकारी किम योङ नाम पनि यसै साता ओलम्पिकको उद्घाटन समारोहमा सरिक हुँदै छन् ।

ओलम्पिकमा उत्तर कोरियाली नेताको उपस्थितिले दुइ कोरियाविच उच्च स्तरिय वार्ताको अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सधै वार्तामा विश्वास रख्ने गरेको तर आफुले उत्तरलाइ वार्ताका लागि आह्वान नगरेको पेन्सले जापानतर्फ उडानअघि पत्रकारमाझ बताए ।

१७ महिनासम्म उत्तर कोरियाको बन्दीको रुपमा रहेका र जुन २०१७ मा अक्सिजन र मस्तिस्कमा रगतको अभावले मृत्यु भएका अमेरिकी विद्यार्थी ओटो वार्मबायरका पितालाइपनि शुक्रबारको ओलम्पिक उद्घाटन समारोहमा पेन्सले आफुसंगै लैजाने भएका छन् ।

दक्षिण कोरियको भ्रमणमा पेन्सले २०१० मा उत्तर कोरियाको टोर्पिडो आक्रमणबाट दक्षिण कोरियाली लडाकु जहाज डुब्दा मृत्यु भएका ४६ पौडीवाजको स्मृति स्मारकको पनि अवलोकन गर्ने भएका छन् ।

Share Now

Leave a comment.