Prakash Adhikari February 9, 2018

प्योनचाड.(दक्षिण कोरिया), २६ माघ । दक्षिण कोरियाको प्योनचाड. शहरमा आज(शुक्रबार) २३ औं हिउँदे ओलम्पिकको एक भव्य समारोहका बीचमा उद्घाटन हुने भएको छ ।

कोरियाको स्थानीय समय साँझ ८ बजे रंगीन प्रकाशका बीचमा प्योनचाड. ओलम्पिक रंगशालामा उद्घाटन हुनेछ ।

कार्यक्रममा रिले गर्दै ल्याएको २०१६ को रियो ओलम्पिक ज्योतिबाट भाण्डरलेई डि लिमाले रंगशालाको ओलम्पिक ज्योतिलाई प्रज्वलित गर्ने छन् ।

उद्घाटन समारोहमा रिच फ द टप नामक आधिकारिक गीत गाइनेछ ।

उद्घाटनका लागि ३५ हजार दर्शक अट्ने अस्थायी रंगशाला निर्माण गरिएको छ ।
खेलका प्रतियोगिताको लागि सो रंगशालाबाट ३० मिनेट ड्रइभ गरेपछि पुगिने स्थानहरुमा अलग अलग रंगशालाहरु निर्माण भएका छन् ।

यो ओलम्पिकमा १५ खेलका १०२ इभेन्टमा प्रतियोगिता हुनेछ ।

सुरोहोराड.नाम भएको सेतो बाघलाई यो ओलम्पिक मस्कट बनाइएको छ ।

बिहिबार(हिजो)बाट आरम्भ भएको हिउँदे ओलम्पिकको समापन भने फेब्रुअरी २५ मा हुनेछ ।

हिउँदे ओलम्पिकमा उत्तर र दक्षिण कोरियाले एउटै झण्डामुनि मार्चपास गर्ने भएका छन् ।

Share Now

Leave a comment.