काठमाडौं, १९ चैत्र । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादीका(नेकपा एमाले)का अध्यक्ष के.पी.शर्मा ओलीले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डेलाई निलम्बन गर्नुभएको छ ।
उहाँले अघिल्लो साता स्पष्टीकरण सोधिएका आफ्नो दलका दुई नेताहरूलाई साधारण सदस्य नरहनेगरी छ महिनाका लागि निलम्बन गर्नुभएको हो।

यसअघि ओलीले माधव नेपाल र भीम रावललाई कारबाही गर्नुभएको थियो
यस पहिले नेकपा अध्यक्ष ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावल ६ महिनाका लागि निलम्बन गरिसक्नुभएको छ ।
उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।
— Ghanashyam Bhusal (@gsbhusal) April 1, 2021
आजै निलम्बित नेता भुसालले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले आफ्नो पार्टीको गौरवको चीरहरण गरिरहेको उल्लेख गर्दै त्यसको सामना गर्ने उल्लेख गर्नुभएको छ।
भुसालले लेख्नुभएको छ, ‘यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ।’उक्त कदम लगत्तै एमालेभित्रको असन्तुष्ट पक्षले देशभरि समानान्तर सङ्गठन निर्माण गर्ने घोषणा गर्दै त्यसको अभ्यास अघि बढाएको जनाएको छ


















