काठमाडौं, २६ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आरम्भ भएको छ ।
पार्टीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन पार्टीको केन्द्रीय समितिको बैठक बसेको हो ।
निर्वाचन आयोगले दलहरुलाई आजै दलहरुले समानुपातिक तर्फ पाएको मतसंख्या र त्यसको अनुपातमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने सदस्यहरुको संख्याको किटानी सहित प्रतिनिधिहरुको अन्तिम सूचि पठाइदिन अनुरोध सहितको पत्र पठाउने भएको छ ।
राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भैसकेको र निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनको परिणाम राष्ट्र्पति विद्यादेवी भण्डारीलाई बुझाउने तरखर गरिरहेको बेलामा हुन लागेको केन्द्रिय समितिको बैठकमा राष्ट्र्पतिबाट मनोनित हुने ३ जना राष्ट्रिय सभाका सदस्यहरुको मनोनयन गर्ने सम्बन्धमा र प्रदेशमा प्रमुखको जिम्मेवारी सम्हाली रहेका प्रदेश प्रमुखहरुलाई प्रदेश सरकार गठनको लागि कदम चाल्न सुझाब दिने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रदेश सभामा संसदीय दलका नेताको चयनका बारेमा पनि छलफल हुने बताइन्छ ।
प्रपार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन पूर्व नेपाली कांग्रेस निकट पर्यटन व्यवसायी संघ९निट० को एक सम्मान कार्यक्रमका नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य र भातृसंगठनका प्रमुखहरुको उपस्थितिमा निट लगायत नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा आबद्धता पाउन निवेदन दिने संस्थाहरुलाई अब बन्ने पहिलो बैठकबाटै मान्यता दिने बचनबद्धता व्यक्त गर्नुभएकोले सोका सम्बनधमा पनि छलफल र निर्णय हुन सक्ने बताइन्छ ।