Prakash Adhikari February 9, 2018

काठमाडौं, २६ माघ ।नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।

उनले मुख्यमन्त्रीको लागि धेरै पहिलेदेखि चर्चामा ल्याइएकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन ।

दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।

यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए ।

दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए ।

प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।

Share Now

Leave a comment.