Prakash Adhikari February 9, 2018

विण्डहोक(नामिविया), २६ माघ । आईसीसी बिश्व क्रिकेट लिग डिभिजन(२ अन्तर्गत दोश्रो खेलमा ओमानको सामना गरेको नेपालले पहिले ब्याटिंग गर्दै ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रनको योगफल खडा गरेको छ।

राति पानि परेपछि को मुस्किल पिचमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालको सुरुवात पुनः राम्रो हुन सकेन। ओपनर ज्ञानेन्द्र मल्ल ७ रन बनाएर पाँचौ ओभरमा कालिमुल्लाहको बलमा विकेटकिपर सुल्तान अहमदबाट समातिए ।

मुल्लाहको बलमा विकेटकिपरबाट समातिएपछि अर्का ओपनर दिलिप नाथ र पारसले दोश्रो विकेटको लागि २८ रन जोडे। ३ चौकाको मद्दतले धैर्यतापूर्वक खेलीरहेका दिलिप १५ औं ओभरमा फैज भट्टको शिकार भए। त्यसपछि आएका आरिफ शेख पनि ६ रनमै आउट भए जसको विकेट लगत्तै पारस ( १९ ) ले पनि मैदान छोड्दा नेपालले २३ औं ओभरमा ५६ रन जोड्दा ४ विकेट गुमाईसकेको थियो।

पाँचौ विकेटको लागि शरद भेसावकर र दिपेन्द्र ऐरीले ३६ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० नजिक पुर्याए। तर ३१ औं ओभरमा २० रन ( ३२ बल, ३ चौका ) बनाएर ऐरीलाई खवर अलिले पेभेलियन फर्काएपछि ब्याटिंग गर्न आएका नामिबियासंगको खेलका हिरो बसन्त रेग्मी १ रन बनाएर आउट हुनपुगे।

३२ औं ओभरमा ९३र६ को स्कोरबाट शरदलाई साथ दिन रोहित आईपुगे । शरदले रोहित सँग १७ रनको साझेदारी गर्दै व्यक्तिगत २२ रनमा बिलाल खानको बलमा आउट भए ।

शरद आउट हुँदा नेपालको स्कोर १११र७ रहेको थियो, नयाँ ब्याट्सम्यान सोमपालले पनि रोहितसँग १२ रनको साझेदारी गरेका थिए तर रोहित व्यक्तिगत १४ रनमा पेभेलियन फर्किए । थप ४ रन जोड्दा करण केसीपनि व्यक्तिगत ४ रनमा रन आउट भए। त्यसपछिको अर्को बलमा सन्दिप लामिछाने पनि आउट भएपछी नेपालले १३८ रनमा सबै विकेट गुमायो। सोमपाल १७ रनमा अविजित रहे ।

ओमानका लागि खालिमुल्लाहले ४ विकेट लिन १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चिए । बिलाल खानले २ विकेट लिदा भुट, अलि र ओदेद्राले समान १र१ विकेट हात पारे।

ओमानले हिजो भएको क्यानडासंगको खेलमा ८ विकेटको पराजय बेहोरेको थियो। ओमानले पहिले ब्याटिंग गर्दै १०६ रन बनाएको थियो । १०७ रनको लक्ष्य क्यानडाले १६ ओभरमै भेटाएको थियो।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गर्दै महत्वपूर्ण २ अंक बटुलेको छ।

Share Now

Leave a comment.