काठमाडौं, २४ चैत्र । एमालेको नेपाल खनाल समूहद्धारा वागमती प्रदेशका सबै जिल्लाहरुमा समानान्तर कमिटी घोषणा गरेको छ।
विश्वस्त सूत्रले दिएको जानकारी अनुसार नेपाल खनाल समूहले काठमाडौंमावसन्त मानन्धर,ललितपुरमा हरिकृष्ण थापा,भक्तपुरमा रजन केसी,नुवाकोटमा नारायणप्रसाद खतिवडा,सिन्धुपाल्चोकमा झम्क नेपाल,मकवानपुरमा मनु सिग्देल,सिन्धुलीमा सूर्य पाख्रीन,दोलखामा भीम दाहाल,रसुवामापेम्बा तामाङ,चितवनमा तेजेन्द्र खड्का,धादिङमाशिवराज कँडेल, र काभ्रेमा टोपबहादुर वाइवाको अध्यक्षतामा पार्टीको जिल्ला कमिटी गठन गरेको छ ।


















