Prakash Adhikari April 6, 2021

 

बीरेन्द्रनगर(सुर्खेत), २४ चैत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन मन्त्रीहरुले मंगलबार राजीनामा दिएका छन् ।

माओवादीका  मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिनुभएको हो ।

राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा भर्खरै राजिनामा दिनुभएका मन्त्री प्रकाश ज्वालाले एमाले संसदीय दलले सरकारबाट फिर्ता आउने निर्णय गरेकोले त्यसलाई स्वीकादै गरेर राजीनामा दिएको बताउनुभयो ।

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो ।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आउनुभएको थियो ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा शाही रहेको दल माओवादी केन्द्रका १२ सांसद छन् भने नेकपा एमाले २० सांसदसहित सबैभन्दा ठूलो दल छ। नेपाली कांग्रेसको ६ र राप्रपाको १ सांसद छन् ।

Share Now

Leave a comment.