Prakash Adhikari April 11, 2021

भरतपुर(चितवन) । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नामाकरण र एकीकरण प्रकृयालाई कानुनविपरीत भन्दै एकीकरण पूर्वका एमाले र माओवादी पार्टीलार्य ब्युताएपछि प्रतिगमनको मार्गमा हिडिरहेको ओली सरकार विस्थापित गर्ने र संगठन पुर्नजीवित गर्दै सुदृढ गराउने अभियानमा निस्कनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहनगर चितवनमा आइपुग्नुभएको छ ।

आइतबार उहाँ महानगरपालिकाभित्रका विभिन्न काममा सरिक हुनुभएको छ । राससका चितवन प्रतिनिधिले प्रेषित गरेका तस्वीरहरुबाट उहाँले त्यहा निर्माणाधीन कभर्ड हलको निरीक्षण गरेको, बोटे बस्तीमा सहभोजनमा सहभागी भएको र पटिहानीमा निर्मित अम्रेला स्ट्टिको निरीक्षण गर्नुभएको जानकारी प्राप्त भएको छ ।

शनिवार साँझ उहाँकी सुपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आमा भन्दै सीता दाहालको बडो नाजुक,दयनीय र टिठलाग्दो अवस्थाको तस्वीर फेसबुकमा सार्वजनिक गर्नुभएको थियो । उहाँको त्यो तस्वीरमा अहिलेसम्म ३७ हजार लाईक, १६ हजार कमेन्ट र ३ सय २७ सेयर भएको देखिन्छ ।

२०७४ सालको निर्वाचन ताका उहाँका एकमात्र सुपुत्र प्रकाश दाहालको अप्रत्याशित निधनभएपछि शोक र चिन्ताले ग्रसित हुनुभएकी सीता दाहालको अवस्थामा कुनै सुधार भएको छैन । उहाँको उपचारका निमित्त प्रचण्ड आफै सिंगापुर,भारत,अमेरिका, युएईको दुबाई र तातोपानी कुण्ड म्याग्दीसम्म पुग्नुभएको थियो ।

Share Now

Leave a comment.