Prakash Adhikari April 16, 2021

 

काठमाडौं, ३ बैशाख । नेपाल, नेदरल्याण्ड र मलेसिया बीचको त्रिकोणात्मक टि २० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का खेल्न नसक्ने भएका छन्।

गत आइतबार अभ्यास खेलको दौरान क्याच लिंदा दायाँ काँधमा लागेको चोटका कारण आफू पूरै प्रतियोगिता मैदानबाट रहने कुरा पूर्व कप्तान खड्काले बताएका छन् ।

उन डक्टरको सल्लाह बमोजिम २ देखि ३ साता क्रिकेट खेलको प्रतियोगिता वा अभ्यासमा संलग्न हुन सक्ने छैनन् ।

खड्काको अनुपस्थितिमा अलराउण्डर पवन सर्राफ, सन्दीप जोरा र लोकेश बम मध्ये कुनै एक जनाले अवसर पाउन सक्ने बताइन्छ।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शविारको उद्घाटन खेलमा नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ। नेपालको दोश्रो खेल मलेसियासंग अप्रिल १९ तारिखमा ( बैशाख ६ गते ) , तेश्रो खेल नेदरल्याण्डसंग अप्रिल २० तारिखमा (बैशाख ७ गते ) नेदरल्याण्डसंग तथा चौथो खेल मलेसियासंग अप्रिल २२ तारिख ( बैशाख ९ गते ) खेल्ने तालिका रहेको छ।

डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने सिरिजमा सहभागी तिन वटा टिमले एक अर्कासंग २ । २ खेल खेलेपछि अंकतालिकामा उत्कृष्ट हुने दुई टिम बीच फाइनलमा प्रतिस्पर्धा हुनेछ। सिरिज अन्तर्गत लिग चरणमा ६ वटा र फाइनल गरि कुल ७ वटा खेल खेलिने छन्।

Share Now

Leave a comment.