Prakash Adhikari February 10, 2018

धरान(सुनसरी), २७ माघ । साबिक बिजेता नेपाल पुलिस क्लब र थ्री स्टार क्लब २० औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आज धरान रङशालामा भिड्दै छन् ।

खेल ३ बजे शुरु हुनेछ ।

यी दुई टोलीको यो सिजनमा उपाधिकालागि दोस्रो भिडन्त हो । यस अघि पुलिस र थ्री स्टारको भेट १६ औ आहा! रारा गोल्डकपको फाइनलमा भएको थियो ।

आहा ! रारामा पुलिसले थ्री स्टारलाई १-० ले हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा संकटालाई २-१ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा दुर्गापुर, कोलकातालाई १-०ले हराउँदै थ्री स्टार क्लबले फाइनलको यात्रा तय गरेको थियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख५५ हजार रुपैयाँ हात पार्नेछ ।

Share Now

Leave a comment.