काठमाडौं , ८ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालको वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच बुधबार वार्ता भएको छ ।
नेकपा एमालेका नेताहरुले काठमाडौंको होटल मेरियटमा भेटवार्ता भएको जनाएका छन्।
वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएका हुनुभएको छ ।
दुई नेताहरुबीचमा फागुन महिनाको पहिलो साता पार्टी कार्यालय धुम्बराहीमा भेटवार्ता भएको थियो ।
नेकपाका असन्तुष्ट पक्षद्धारा फागुन ४ र ५ गते आयोजित राष्ट्रिय कार्यकर्ता भेला रोक्ने उद्देश्यले पार्टी अध्यक्ष ओलीले बोलाउनुभएको सो बैठकमा अध्यक्ष ओलीद्धारा फागुन ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोक्ने बारेमा पनि कुरा उठेको थियो । पछि दुवै कार्यक्रम सम्पन्न भए ।
फागुन ४ र ५ गतेको कार्यकर्ता भेला गरेपछि प्रधानमन्त्री ओलीले केन्द्रीय समिति विघटन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्नुभएको छ । उहाँले फागुन ७ गतेको केन्द्रीय कमिटीको बैठकको अनुमति लिएर फागुन ४ र ५ गते कार्यकर्ता भेला गर्नुहुने पार्टीका शीर्ष नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पहिलो स्पष्टीकरण सोध्नुभएको थियो ।
हिजोमात्र एमाले अध्यक्ष ओलीले शीर्ष नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित संघीय संसदका २७ जना सांसद र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरीत नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने प्रदेश सभाका ५ सांसदलाई पार्टीको अनुशासन उल्लंघन गरी समानान्तर गतिविधि गरेकोमा बैशाख ६ को मितिमा स्पष्टीकरण सोध्नुभएको खुलासा भएको थियो ।
पार्टीका अध्यक्ष ओलीको स्पष्टीकरण पाउनुभएका पार्टीका निर्वाचित सचिव योगेश भट्टराईले दुवै पक्षबाट भैरहेका गतिविधिले पार्टी विभाजनतर्फ लगेको ठहर गर्दै बुधबारमात्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक वार्ता र लचिलो भएर पार्टी एकता गर्न सुझाएका दिनुभएको थियो।


















