Prakash Adhikari April 21, 2021

 

कीर्तिपुर(काठमाडौंं), ८ बैशाख । नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच नेपालमा भैरहेको टि २० क्रिकेट श्रृखला अन्तर्गत आज भएको नेदरल्याण्ड्स र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ।

काठमाडांैंमा परेको हल्का वर्षाले प्रभावित भएर ओभर छोट्याइएको खेलमा नेदरल्याण्ड्सले पहिलो इनिंग्समा १३ ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। नेदरल्याण्ड्स १०.२ ओभरमा ६८।३ को अवस्थामा रहंदा वर्षाले खेल रोकिएपछि इनिंग्सलाई छोट्याएर १३ ओभर पारिएको थियो।

त्यसपछि दोश्रो इनिंग्समा मलेसियाले डीएलएस मेथडमा १३ ओभरमा १ सय २० रनको लक्ष्य पाएको थियो।

मलेसियाले लक्ष्य पछ्याउने क्रममा ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाउदा पुनः वर्षाले खेल रोकियो। त्यसपछि मलेसियाले १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पायो। लक्ष्य हासिल गर्न प्रयासरत मलेसियाले १० ओभरमा ४ विकेट क्षेतीमा ९१ रन बनायो र डीएल मेथडको आधारमा खेल बराबरीमा टुंगिएको घोषणा भयो।

लक्ष्य पछ्याउने क्रममा मलेसियन ओपनर सयद अजिजले ३० र अर्का ओपनर अनवर अरुदीनले २३ रन बनाए । भिरनदीप सिंहले मात्र ६ बलमा ३ चौका मद्दतले १४ रन बनाए भने अमिनुद्दिन रोमलेले ९ र र सफिक शरिफले ३ रन बनाए ।

मलेशियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सको बलिंगमा सेबास्टिएन ब्राटले २ विकेट लिए भने भीभीएन किंग्मा र बास डी लिडे ले समान १ । १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग रोजेको नेदरल्याण्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट क्षतिमा १ सय ा७ रन बनाएको थियो।

नेदरल्याण्ड्सको सुरुवात खराब रहेको थियो। ओपनर तोबेस भीसे खाता नखोली पहिलो ओभरमा आउट भए। अर्का ओपनर विक्रमजित सिंह १ रन तथा सोहि ओभरमा बास दि लिडे खाता नखोली आउट भएका थिए ।

तेश्रो नम्बरमा ब्याटिंग गरेका बेन कुपरले ३२ बलमा ७ चौका र २ छक्काको मद्दतले अविजित ५४ रन बनाए भने क्याप्टेन पिटर सिलारले ३१ बलमा ५ चौका मद्दतले ३७ रन बनाए। खेलमा एण्टिनियोस स्टालले १० रन बनाए भने विक्रमजित सिंहले १ रन बनाए ।

नेदरल्याण्ड्सलाई रोक्ने क्रममा मलेसियाको बलिंगमा मुहम्मद वफिकले २ विकेट लिए भने पवनदिप सिंह र भीरनदिप सिंहले समान १। १ विकेट लिए।

यो खेलसंगै लिग चरणको सबै ४ खेल खेलेको नेदरल्याण्ड्सको २ जित, १ हार र १ बराबरी खेल पछि ५ अंक भएको छ भने ३ खेल खेलेको नेपालले २ जित पछि ४ अंक रहेको छ। ३ खेलमा २ हार र १ बराबरी अंक पछि मलेसियाको मात्र १ अंक रहेको छ।

बिहिबार हुने नेपाल र मलेसिया बीचको खेलको नतिजाले नेपाल र नेदरल्याण्ड्सलाई मलेसियाले उछिन्ने सम्भावना रहेको छैन।

बुधबारको नतिजासंगै नेपाल र नेदरल्याण्ड सिरिजको फाइनलमा प्रवेश गरेका छन्। सिरिजको फाइनल शनिवार नेपाल र नेदरल्याण्ड्सबीच खेलिनेछ।

 

Share Now

Leave a comment.