काठमाडौं, १० बैशाख । कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको छ।
पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका बेला निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो।
भारतका राज्यहरूमा यो वर्ष शृङ्खलावद्ध चुनाव हुँदैछ। निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ।
देश सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ।
अस्पतालबाट पुकार
महामारीबाट गम्भीर रूपमा प्रभावित राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन पूर्ण रूपमा सकिएको चिकित्सकहरूले जनाएका छन्।
अन्य अस्पतालहरूमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ। अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले ज्यान गुमाएका छन्।

राजनीतिककर्मी भारद्वाज
दिल्लीको अस्पतालमा उपचार गराइरहेका राजनीतिकर्मी सौरभ भारद्वाजले ट्वीट गर्दै आफू रहेको अस्पतालमा तीन घन्टा पुग्ने अक्सिजन मात्र रहेको जानकारी दिँदै सहयोगको अपिल गरेका छन्।
९९ प्रतिशतभन्दा धेरै सघन उपचार कक्षका शैय्या बिरामीले भरिएको अधिकारीहरूले जनाएका छन्।
अक्सिजन आपूर्ति प्रभावित हुँदा लुटपाट हुन थालेको विवरण आएका छन्।
दिल्लीस्थित एपोलो अस्पतालका प्रबन्ध निर्देशक पी शिवकुमारले आफ्नो अस्पतालमा ३५० जना सङ्क्रमितको उपचार भइरहेको र सबैलाई अक्सिजनको खाँचो रहेको सुनाउनुभयो।
चुनावी कार्यक्रम
तर आपूर्ति निकै अनियमित रहेको भन्दै उहाँले बिरामीको उपचारमा समस्या भोग्नु परेको दुखेसो पोखे।
सङ्क्रमित भइ दिल्लीको अस्पतालमा उपचार गराइरहेका राजनीतिकर्मी सौरभ भारद्वाजले ट्वीट गर्दै आफू रहेको अस्पतालमा तीन घन्टा पुग्ने अक्सिजन मात्र रहेको जानकारी दिँदै सहयोगको अपिल गरेका छन्।
भारतको सर्वोच्च अदालतले सरकारलाई अक्सिजन तथा अत्यावश्यक औषधीको चरम अभावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ।
यस्तो अवस्थाकाबीच आलोचना खेपिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियान रद्द गरेको बताइएको छ।(बीबीसी)


















