कीर्तिपुर(काठमाडौं), ११ बैशाख । त्रिदेशीय टी–२० क्रिकेट सिरिज अन्तरगत नेपाल र नेदरल्याण्ड्सबीच भैरहेको फाइनल खेलमा नेपालले प्रतिस्पर्धी नेदरल्याण्ड्सलाई २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेको नेपालले पहिले ब्याटिड. गरेको थियो । निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेटको २ सय ३८ रन जोडेको थियो ।
नेपालका लागि कुशल भूर्तेलले ७७, कुशल मल्लले ५०, दीपेन्द्रसिंह ऐरीले ४८,ज्ञानेन्द्र मल्लले ३३ र आसिफ शेखले १६ रन जोडेका थिए ।
Half Century for Kushal Bhurtel on T20I Debut. Well played young man, keep playing.. #NEPvNED #TriNationSeries pic.twitter.com/EDesEVTAcr
— Dipesh Pandit (@Thejuly23rdd) April 17, 2021
नेपाललाई रोक्ने क्रममा नेदरल्याण्ड्सका फिलिप बोसेभेनले २ र सेबेस्टिन ब्राटले १ विकेट लिएका थिए ।
अहिले नेदरल्याण्ड्सले ब्याटिड. गरिरहेको छ । हालसम्म हालसम्म उसले आठौं ओभरको अत्यमा ४३ । ६ को स्थिति कायम गरेको छ । अर्थात ६ विकेट गुमाएर ४३ रन बटुलेको छ । नेपालका आसिफ शेखले नेदरल्याण्ड्का तोवियास भिसेलाई रन आउट गरेका हुन् ।कमल ऐरीेले दोस्रो ओभरको पाचौ बलमा कमल ऐरीको चौथो ओभरको अन्तिम बलमा क्याप्टेन ज्ञानेन्द्र मल्लले बेन कपूर क्याच आउट गरे भने सोमपालको पाचौ ओभरको पाँचौ बलमा बास डे लिड रन आउट भए ।
त्यस्तै करन के.सीले छैठौं ओभरको चौथो बलमा म्याक्स ओ दाउदलाई आउट गरेका थिए ।सातौ ओभरको चौथोबलमा सन्दीप लामिछानेले स्कट एड्वार्डलाई एलबीडब्यू धरापमा पारे । करन केसीलेआठौ ओभरको चौथो बलमा एण्टिनियो स्टाललाई आउट गरे ।
नेपालले जारी सिरिजमा चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलको यात्रा तय गरेको हो ।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो ।
चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो ।
यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो ।
पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको थियो तर दोस्रो खेलमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो ।
यो त्रिदेशीय सेरिजमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल जारी सिरिजको लयमा छन् उनले उहाँले लगातार तीन अद्र्धशतक प्रहार गरे ।चौथो खेलमा अर्थशतक प्रहारमा चुकेका भूर्तेलले आज पनि ७७ रन जोडेर नेपाली ब्याट्सम्यानको मनोबल उच्च राखेका छन् ।
नेदरल्याण्ड्ससंगको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए ।
बलिड.मा पनि नेपालले राम्रो गरेको छ । सन्दीप लामिछानेले उत्कृष्ट लयमा छन् । उनले चार खेलमा ११ विकेट लिइसकेका छन । यस्तै नेपालका लागि करण केसी, सोमपाल कामी र कमलसिंह ऐरी पनि भरपर्दा बलर हुन् ।
नेपाल समूह विजेता तथा नेदरल्याण्डस् उपविजेताका रुपमा सिरिजको फाइनलमा प्रवेश गरेका हुन् ।


















