Prakash Adhikari April 24, 2021

 

काठमाडौं, ११ बैशाख । केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना हुनुभएको छ ।

पूर्वराजाका सचिव फणिराज पाठकका अनुसार पूर्वराजदम्पतीसँगै छोरी प्रेरणा शाह पनि शनिवार दिउँसो काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ।

‘चिकित्सकहरूकै सल्लाहमा उहाँहरू दिउँसो १ बजे अस्पताल भर्ना हुनुभएको हो। स्वास्थ्यमा त्यस्तो कुनै जटिलता देखिएर भर्ना हुनुभएको होइन’,पाठकले भन्नुभयो,’अस्पतालमा भएपछि हेरचाह पनि राम्ररी हुने भएर जानुभएको हो ।’

कुम्भमेलामा स्नान

भारत भ्रमणबाट फर्किएका पूर्वराजदम्पतीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको मङ्गलवार पुष्टि भएको थियो।

पाठकले बताएअनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमा आइसोलेसनमा बस्दै आउनुभएको थियो ।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतवार उहाँहरु नयाँ‍दिल्लीबाट नेपाल फर्कनुभएको थियो।

कुम्भमेलामा गङ्गास्नान गर्नुभएका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गर्नुभएको थियो।

भारतमा कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले नेपाल फर्किनुअघि नयाँदिल्लीमा परीक्षण गराएको तर त्यतिबेला सङ्क्रमण नदेखिएको उहाँसँगै यात्रा गर्नुभएका उहाँका सचिव पाठकले बताउनुभएको थियो ।

हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले पूव राजदम्पतीको त्यहाँ परीक्षण भएको थियो।

नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रले एउटा विज्ञप्ति जारी गरी हरिद्वारमा आफूले पाएको ूविशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रतिू निरञ्जन पीठका पीठाधीश्वर कैलाशानन्द गिरी तथा समस्त सन्तमहात्माप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।

उहाँ निरञ्जन पीठका पीठाधीश्वरको निम्तोमा कुम्भमेलामा सहभागी हुन हरिद्वार जानुभएको थियो।

हरिद्धारमा उहाँलाई नेपालको राजाकै रुपमा अभिनन्दन पनि गरिएको थियो ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.