नयाँदिल्ली(भारत), १२ बैशाख । भारतमा कोरोनाभाइरस सङ्क्रमणको लहरका बीच सघन उपचार शय्या, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।
गत २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ३ लाख ४९ हजार ६ सय ९१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १ करोड ७९ लाख ६० हजार १ सय ७२ पुगेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोभिडका कारण २, हजार ७ सय ६७ जनाको मृत्यु भएको छ।
India’s crematoriums and burial grounds are being overwhelmed by the devastating new surge of infections tearing through the populous country with terrifying speed, depleting the supply of life-saving oxygen to critical levels. https://t.co/e3OB4OfviN
— The Associated Press (@AP) April 25, 2021
अहिलेसम्म कुल मुत्यु हुनेको सङ्ख्या १ लाख ९२ हजार ३ सय ११ रहेको छ।
भारतमा ३० लाख सङ्क्रमित पछिल्लो दुई हप्तामा थपिएका हुन्।
र अझै त्यहाँ प्रत्येक दिन सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या थपिने क्रम जारी छ।
PM Modi says India shaken by new coronavirus 'storm' https://t.co/oEWKPDO1oz pic.twitter.com/a6ADMRosGR
— Reuters (@Reuters) April 25, 2021
भारतमा देखिएको विनाशकारी प्रभाव त्यहाँका शवदाह स्थलहरूमा खिचिएका तस्बिरहरूले स्पष्ट पारेका छन् जसमा शोकमा डुबेका परिवार सदस्यहरू अन्तिम संस्कारका लागि घन्टौँ कुरिरहेको र दाहसंस्कारका लागि स्थानको अभाव भएसँगै सामूहिक रूपमा गरिएको देख्न सकिन्छ।
सामाजिक सञ्जालहरुमा प्रधानमन्त्री ओलीले देशका पुराना र नयाँ बस्तीहरुलाई स्मार्ट सिटी बनाउने नारा दिएको तर यथार्थमा सिंगै देश मसानघाट बन्नेतर्फ उन्मुख रहेको भन्दै चरमा आक्रोशयुक्त अभिव्यक्तिहरु सार्वजनिक भएका छन् ।
"'This is hell.' Prime Minister Modi's failure to lead is deepening India's COVID-19 crisis" https://t.co/enAbtsmNmu
— TIME (@TIME) April 25, 2021
दाहसंस्कार स्थलहरूमा केही दिन बिताएर मृत्यु भएकाहरूको सङ्ख्या गनेका पत्रकारहरूले सरकारी तथ्याङ्कलाई चुनौती दिइरहेका छन्।
केही सहरहरूमा सरकारले बताएको भन्दा मृत्यु हुनेहरूको सङ्ख्या १० गुणा बढी रहेको उनीहरूले आकलन गरेका छन्।
बीबीसी गुजरातीले गत हप्ता गरेको एउटा रिपोर्टमा सुरत सहरको शवदाहगृह लामो समयसम्म निरन्तर चलाइएका कारण तापले त्यहाँको चिम्नी नै पग्लिन सुरु भएको उल्लेख गरिएको छ।
तर सरकारले हालसम्म कुनै पनि स्थानमा आधिकारिक तथ्याङ्क संशोधन गरेको छैन।

मुम्बईमा कोभिड १९ बाट ज्यान गएका व्यक्तिको अन्तिम संस्कार गर्नु अघि सुरक्षा पोसाक लगाएर बेन्चमै आराम गरिरहेका एक व्यक्ति

कोरोनाभाइरसबाट मृत्यु भएका आफन्तको अन्तिम संस्कारका क्रममा दिल्लीको एउटा शवदाहगृहमा देखिएका आफन्त

दिल्लीमा कोरोनाभाइरसका कारण मृत्यु भएका व्यक्तिको शव नजिकै उभिएका स्वास्थ्यकर्मी

व्यापक प्रभाव परेको लखनऊ सहरको दृश्य

मुम्बईमा कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको अन्तिम संस्कार गरिँदै-(बीबीसीबाट)


















