नेपालगञ्ज(बाँके), १२ बैशाख । जिल्ला प्रशासन कार्यालय बाँकेले भोलि (सोमबार)राति १२ बजेदेखि लागू हुने गरी एकसाता लकडाउन गर्ने भएको छ।
कार्यालयले आज एक सूचना जारी गरी कोरोना संक्रमण न्यूनीकरण गर्न सोमबार राति १२ बजेदेखि वैशाख २० गते रातिसम्म लकडाउन गर्ने जानकारी दिएको हो।
सूचनाअनुसार अत्यावश्यक साधनबाहेक अन्य साधन सञ्चालन गर्न पाइने छैन। त्यस्तै अत्यावश्यक कामबाहेक घरबाहिर नजान पनि सूचनामा उल्लेख छ।
नेपालमा पछिल्लो पटक बाँकेमा कोरोनाको संक्रमण र बिरामीको मृत्यु बढी देखिएको छ । अस्पतालहरुमा बिरामीको चाप बढेको छ भने सैय्याको अभाव देखिन थालेको छ ।



















