Prakash Adhikari April 25, 2021

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन पछि सरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय समितिका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले कोरोना परीक्षणपछि मात्र बैठक बस्न उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि सोमबार २ बजेको लागि निर्धारित थियो । तर आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भोलिका एजेण्डा तय गर्न पदाधिकारी तथा प्रभावशाली केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो ।

कोरोना भाइरसको परीक्षण र त्यसको रिर्पोट आउन एकदेखि दुई दिन लाग्ने अनुमान गरी बैठक दुईदिन पछि १५ गते बस्ने भएको छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्यहरूको कोरोना परीक्षण गरेर त्यसको रिपोर्ट आएपछि वैशाख १५ मा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिनुभएको छ

 

Share Now

Leave a comment.