Prakash Adhikari April 26, 2021

 

बैतडी, १३ बैशाख । बैतडीमा बिहेको जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा आइपुगेपछि आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जना सामान्य र दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले दिएको जानकारी अनुसार दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।

Share Now

Leave a comment.