Prakash Adhikari April 28, 2021

 

पोखरा(कास्की), १५ बैशाख । मुख्यमन्त्री पृथ्वी सुब्बामाथि अविश्वासको प्रस्तावमा छलफल र मतदान गर्न बोलाइएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभएको छ।

राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको र सदनमा उपस्थित हुन नपाएकोले उहाँ अनाउदासम्म संसद बैठक स्थगित गर्न माग गर्नुभएकोले अधिवेशन स्थगित भएको पोखरेलले बताउनुभएको छ।

यसअघि संसद चलिरहेकै अवस्थामा जनमोर्चाका प्रमुख पियारी थापाले संसद सचिवालयमा निवेदन दिँदै बैठक स्थगित गर्न माग गर्नुभएको थियो।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ल्याएको अविश्वासको प्रस्ताव माथि प्रदेश सभामा छलफल गरेर उक्त उक्त प्रस्ताव उपर बुधबार नै मतदान गर्ने कार्यसूची थियो।

जनमोर्चाका सांसद शाही पोखराको चरक अस्पताको कोरोना यूनिटको आइसीयुमा भेटिनु भएको थाहा भएको छ । तर प्रयोगशालाको रिपोर्टमा उहाँमा कोरोना संक्रमण देखिएको छैन् ।

सांसद शाहीको अनुपस्थितिमा अविश्वासको प्रस्तावको पक्षमा १ मत कम पर्ने र मुख्यमन्त्री गुरुड.को सत्ता बच्ने भएकोले सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा अनिश्चितकाल बन्द गरेर आजको संकट टार्नुभएको छ ।

रात रहे अग्राख पलाउने नेपालको राजनीतिमा भोलिको बिहानी कसको पक्षमा बलियो बनेर आउछ यसै भन्न नसकिने भएको छ ।

Share Now

Leave a comment.