पोखरा(कास्की),२८ माघ । नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेतामा सर्वसम्मत हुने भएका छन्।
एमाले संसदीय दलको नेता मुख्य मन्त्री बन्ने अवस्था रहेकोले एमाले सचिव पृथ्वीसुब्बासँगै प्रदेश नम्बर ४ का इन्चार्ज तथा स्थायी समिति सदस्य किरण गुरुङले पनि दलको नेतामा दावी गरेका थिए ।
यी दुवै नेताहरु संस्थापन समूहका भएकोले अन्तिम समयमा सहमति भएको छ।
सहमतिको लागि महासचिव ईश्वर पोखरेल नै पोखरा पुगेका थिए भने एमाले स्थायी समिति सदस्य सोमनाथ प्यासी र पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीसमेत लागेका थिए। आइतबार लेकसाईडमा भएको वार्तामा पृथ्वी सुब्बालाई सर्वसम्मतिले दलको नेता बनाउने सहमति भएको थियो ।
प्रत्यक्ष ३६ र समानुपातिक २४ गरी ६० सांसद रहेको प्रदेश नम्बर ४ मा एमालेका २७ जना सांसद रहेका छन्।
संसदीय दलको नेतामा चयन भएसंगै पृथ्वी सुब्बा गुरुड.को प्रदेश ४ को मुख्यमन्त्री बन्ने मार्ग खुला भएको छ ।
एमाले र माओवादी बीचमो पदीय भागवण्डामा प्रदेश ४ को मुख्यमन्त्री एमालेको भागमा परेको छ ।