विण्डहोक(नामिबिया), २८ माघ । आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत वर्षाले ढिला सुरु भएको आफ्नो तेश्रो खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ। खेल ४स्१५ बजे नेपाली समयमा सुरु भएको छ ।
१स्१५ बजे दिउसो सुरु हुने खेल वर्षाको कारण भिजेको मैदानको कारण ढिला सुरु भएको हो। ढिला सुरु भएका कारण खेल ३४ ओभर इनिंगको हुनेछ।
पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई १ विकेटले पराजित गरेपछि दोश्रो खेलमा नेपालले ओमनासंग ६ विकेटको हार बेहोर्न पुगेको थियो। तेश्रो खेलमा युएईलाई पराजित गर्न सके नेपालको उत्कृस्ट(२ हुने सम्भावना बलियो हुनेछ।
नेपाल र आयोजक नामिबिया सहित, युएई, क्यानडा, केन्या र ओमान सहभागी प्रतियोगिताको उत्कृस्ट २ हुने टिम अर्को महिना जिम्बाबेमा आयोजना हुने २०१९ बिश्वकप छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछ।
प्रतियोगिता अन्तर्गत आज अन्य खेलमा क्यानडा र केन्या तथा ओमान र आयोजक नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।