विण्डहोक(नामिविया),२८ माघ । नेपाल र संयुक्त अरब ईमिरेट्सबीच भैरहेको विश्व क्रिकेट लिग डिभिजन २ को खेलमा युएईले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिंग गरेको युएईले ३१ ओभरमा मात्र १ सय १४ रन बनाउदा सबै विकेट गुमायो ।
युएईका लागि शईमान अनवरले सर्बाधिक ३० रन (४० बल, २ चौका) प्रहार गर्दा अदनान मुफ्तीले पनि १८ रन बनाए ।
विकेट किपर ब्याट्सम्यान घुलाम शब्बरले १६, मोहम्मद बुताले १५, मोहम्मद नावीदले १० रन बनाए ।
युएईलाई सुरुवाती झट्का दिनको लागि सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिंग गरे। ४ विकेट हात पारेका सोमपाल कामीले ७ ओभरमा ३० रन खर्चिदै सुरुका दुई विकेट झारे भने करण केसीले पनि कप्तान रोहन मुस्ताफालाई आउट गरेका थिए ।
सन्दिप लामिछानेले ३ विकेट लिने क्रममा ७ ओभरमा ३० रन खर्चिदा पारस खड्काले २ विकेट लिन २० रन खर्चे।
प्रतियोगितामा नेपालले यस अघि खेलेको २ मध्ये १ खेलमा नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानसंग ६ विकेटले पराजित हुनपुग्योे । व
र्षाको कारण युनाइटेड क्रिकेट क्लब मैदान, विण्डहोक निर्धारित समय भन्दा ३ घण्टा सुरु भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिंग गर्न निम्त्याएको थियो।




















