Prakash Adhikari April 30, 2021

 

काठमाडौं, १७ बैशाख । प्राणघातक कोरोना भाइरसको संक्रमणबाट गएको २४ घण्टामा नेपालमा थप ३३ जना नागरिकले जीवन गुमाएका छन भने थप ५ हजार ७ सय २७ जना यसको सङ्क्रमण देखा परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक मृत्यु र संक्रमणको यो संख्या कोरोनाको संक्रमण नेपालमा देखिएदेखिको हालसम्मकै दोस्रो सर्वाधिक सङ्ख्या भएको जनाएको छ।

नेपालमा हालसम् सबै भन्दबढी सङ्क्रमण गत वर्ष कार्तिक ५ गते भएको थियो जुन दिन शुक्रवारभन्दा १६जना बढीमा सङ्क्रमण पुष्टि भएको थियो।

सर्वाधिक मृत्यु भने बिहीवार भएको थियो जुन दिन कोभिडसम्बन्धी कारणबाट ३५ जनाको मृत्यु पुष्टि भएको थियो।

शुक्रवार १५ हजार ९ सय १६ जनामा परीक्षण गर्दा झन्डै ३६ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

अहिले नेपालमा कुल सक्रिय सङ्क्रमित ३८ हजार ८ सय १३ जना रहेका छन्।

यो अवधिमा ९ सय २८ जना निको भएका छन्।

नेपालमा कोरोनाभाइरसको उच्च सङ्क्रमण. हालसम्म सबैभन्दा बढी दैनिक सङ्क्रमण र मृत्यु भएका दिनहरू. .

काठमाडौं उपत्यकामा मात्रै झन्डै ३ हजार

शुक्रवार सङ्क्रमण पुष्टि भएकामध्ये काठमाडौंका २ हजार ४ सय ४, ललितपुरका ४ सय १९ र भक्तपुरका १ सय ३३ जना रहेका छन्।

काठमाडौं उपत्यकामा शुक्रबार कुल २ हजार ९ सय ५६ जना सङ्क्रमित थपिएका छन्।

रुपन्देहीका ४ सय ७३, बाँकेका ४ सय २२ र दाङका २ सय ५२ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

कोभिड

कोभिड
एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएका अन्य जिल्लाहरूमा मोरङ (१ सय ६१), पर्सा (१ सय ५३) र चितवन (१ सय ११) रहेका छन्।

शुक्रवार सङ्क्रमण पुष्टि भएकामध्ये १ सय ३९ जना नौ वर्षभन्दा मुनिका बालबालिका रहेका छन्।

त्यस्तै ३ सय ६७ जना १० देखि १९ वर्षका, २ हजार ७ सय ६१ जना २० देखि ३९ वर्षका रहेका छन्  । (बीबीसीको सहयोगमा)

Share Now

Leave a comment.