मस्को(रुस),२८ माघ (बीबीसी) । यात्रु र चालकदलका सदस्य गरी ७१ जना सवार रुसी विमान दुर्घटनाग्रस्त भएको विवरणहरूमा जनाइएको छ।
मस्कोस्थित एक विमानस्थलबाट युरल्सका लागि उडेको उक्त जहाज राडार संकेतबाट हराएलगत्तै दुर्घटना भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटना भएको विमान सारातोफ एयरलायन्सको एएन-१४८ क्षेत्रीय विमान हो।
आपतकालीन सेवाका सूत्रहरूले रूसी समाचार संस्थाहरूलाई जनाएअनुसार मानिसहरूलाई ‘जीवितै फेला पार्ने कुनै सम्भावना छैन’।
मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वी क्षेत्रस्थित आर्गुनोभोमा विमान खसेको हुन सक्ने ठानिएको छ।
अर्को समाचार संस्थाका अनुसार डेमडइयड्भ विमानस्थलबाट उडेको दुई मिनेटमै विमानको राडार सम्पर्क टुटेको थियो।